You are viewing the translated version of मूल्याङ्कन गर्न सक्ने.

Section 24
मूल्याङ्कन गर्न सक्ने
(१) परिषद्ले दफा २२ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधि प्रदान गर्ने शिक्षण संस्थाले त्यस्तो प्रमाणपत्र वा अन्य उपाधिको लागि निर्धारण गरेको पाठ्यक्रम तथा भर्नाको लागि निर्धारण गरेका शर्तहरुको मूल्याङ्कन गर्न सक्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि परिषद्ले आवश्यकता अनुसार त्यस्तो शिक्षण संस्थासँग कागजात तथा विवरण माग गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम परिषद्बाट माग भए बमोजिमको कागजात तथा विवरण उपलब्ध गराउनु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।